नमस्ते, अभिबादन, दर्शन, सेवारो, जोजोलप्पा सबै महानुभावहरुलाई म कलाकार, निर्माता श्याम श्रेष्ठको तर्फबाट.
बेल्जियमको आगामी स्थानीय र प्रादेशिक निर्वाचनमा बेल्जियमको एक मुख्य पार्टी CD&V को तर्फबाट stad Antwerpen gemeenteraad मा ३०औ स्थानमा र districtraad wilrijk को १३औ स्थानमा उम्मेद्वारी दिएको छु. आज सम्म बेल्जियम लगायत कहिँ कतै कुनै नेपालि राजनैतिक दलसँग आबद्द नरही तथष्ट रुपमा एउटा चलचित्र कलाकार, निर्माता र संस्कृतिक अभियन्ताकोरुपमा बिगतका वर्षहरुमा नेपाल र यूरोपमा सांस्कृतिक पुल निर्माण गर्ने कोशिस गरेको छु. आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदैं हामीले हाम्रो बिबिधताका साझा लक्षहरु प्राप्त गर्न एक अर्का प्रति आदर सम्मानकालागि हात मिलाएर र साथ दिएर साझा समस्याहरु निराकरण गर्नु पर्ने बिस्वास राखेको छु.
पृष्ठभूमि, लिङ्ग, धर्म, जाति सबैलाई बिना भेदभाव समान अवसर प्राप्त हुनुपर्ने कुरामा मेरो प्रतिबद्दता सधै रहनेछ. जुनसुकै किसिमको भेदभाव एउटा अवरोध हो जसलाई हामि मिलेर निर्मुल गर्नु पर्दछ. पूर्वाग्रह र मतभेद छाडेर साथमा साथ् दिएरमात्र यो सम्भव हुन्छ. हाम्रो योग्यता, क्षमताको आधारमा अगाडी बढ्ने हाम्रो हक र अधिकार हो.
एक कलाकार, निर्माताको रुपमा मैले अनेकतामा एकता कसरि ल्याउन सकिन्छ भन्ने बारेमा अनुभव बटुल्ने कोसिस गरेको छु. चलचित्रले सीमा, भाषा भन्दा बाहिरका कथाहरुमा जोड्न अभिप्रेरित गर्दछ भन्नेमा मेरो बिस्वास छ.
भेदभाव बिरुद्द लड्नु सामाजिक र नैतिक दायित्व मात्र हैन मौलिक अधिकार पनि हो. हरेक क्षत्रमा समाबेशीकरण र समानताकोलागी प्रयास गर्नु पर्छ. पारस्परिक सम्मान, अनेकतामा एकता समान अवसरको प्रबर्धन गर्न सकेमामात्र सामन्जस्यपूर्ण समाज निर्माण गर्न सक्छौँ भन्ने मेरो बुझाई छ.
हामि सबै मिलेर गएको खण्डमा हामीले अबश्य सुनौलो भविश्य निर्माण गर्न सकिन्छ. जसकोलागी यहाँहरुको अमुल्य मतको ठुलो महत्व रहन्छ.
आइतबार १३ अक्टोबर मतदान गर्न नबिर्सनु होला. हरेक मत अमुल्य रहनेछन्.
नमस्ते
यसपटकको स्थानिय तथा प्रादेशिक चुनावका एकमात्र नेपालिमुलका उम्मेदवार,
श्याम श्रेष्ठ